उच्च वृद्धिसँगै सुनको मूल्य रेकर्डस्तर नजिक, चाँदीको मूल्य पनि बढ्यो

Jun 13, 2025 10:52 AM Merolagani



जेठ ३० गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको छ। यस दिन सुनको मूल्य बढेर रेकर्डस्तर नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ बढेको हो। यस दिन सुनको मूल्य बढेसँगै रेकर्डस्तर नजिक पुगेको छ। हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ।

चाँदीको मूल्यले भने यस दिन रेकर्डस्तरमा पुगेको छ। यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेर रेकर्डस्तरमा पुगेको  हो। अघिल्लो दिन अर्थात बिहीबार १५ रुपैयाँ घटेको चाँदीको मूल्य, यस दिन पुनः १५ रुपैयाँ नै बढेर रेकर्डस्तरमा पुगेको हो।

 



अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।