‘पर्ख र हेर’ को अवस्था
हाल बैंकको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल बैंकको प्रतिरोध क्षेत्र ३२९ देखि ३३७ सम्म रहेको छ भने टेवा क्षेत्र २८७ देखि २९६ सम्म रहेको छ। गत साता बैंकको शेयरमूल्यले ३२९ देखि ३३७ को प्रतिरोध क्षेत्र परीक्षण गरेको थियो। सोपश्चात घटेको बैंकको शेयरमूल्य, यस साता सामान्य बढेको हो।
रिभर्सलको संकेत
साप्ताहिक रुपमा यस साता बैंकको शेयरमूल्यले इन्भर्टेड ह्यामर बनाएको छ। यसले आगामी दिनमा बंकको शेयरमूल्य रिभर्स हुने संकेत गर्दछ। अर्थात गत साता घटेको यस बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने बैंकको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो दिन बैंकको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले हालसम्म बैंकको शेयरमा ४ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये दुई सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टपलस गर्नु परेको थियो। हाल मेरोलगानी एआई चार्टले बैंकको शेयरमा कुनै पनि सिग्नल दिएको छैन।

कमजोर भोल्यूम
यस साता बैंकको शेयरमूल्य सामान्य बढेपनि भोल्यूम भने कमजोर रहेको छ। यस साता बैंकको दैनिक औषतमा ६३ हजार ५८८ कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको पछिल्लो २० दिने औषत भोल्यूम १ लाख ९ हजार ९७५ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ४२.१७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
यस साता बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, बैंकको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले बैंकको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा
साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि र इम्पेरमेन्ट चार्ज घटेको र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १.७६ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ५९ करोडबाट घटेर १ अर्ब ४० करोडमा सीमित भएको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ९.१२ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १६ रुपैयाँ १९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १६.१९ प्रतिशत रहेको छ।
१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले २ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी बढेर १६ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको बुकभ्यालु १६१ रुपैयाँ ३२ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १९.४९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.९६ गुणा रहेको छ।

आधारभूत अवस्था
हाल नेप्सेमा बैंकको १३ करोड ५८ लाख १५ हजार २५४.१४ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार बैंकको अन्तिम शेयरमूल्य ३१६ रुपैयाँ ११ पैसा कायम भएको थियो। यस अनुसार बैंकको बजार पूँजीकरण ४२ अर्ब ९३ करोड २५ लाख ५९ हजार ९८६ रुपैयाँ २० पैसा रहेको छ।
बैंकको पछिल्लो १८० दिनको औषत मूल्य ३०४ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तै, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य २४० रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ४८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ४८ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ३४ हजार १३० कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४४ ले बैंकको करिब २६ हजार कित्ता शेयर खरिद गरेको छ भने ५९ ले २० हजारभन्दा बढी कित्ता खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४५ ले बैंकको सबैभन्दा बढी २३ हजार ६९८ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)