प्रतिरोध परीक्षणमा नेशनल हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Apr 11, 2026 05:59 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ५.१४ प्रतिशत बढेको छ। गत साता ३८१९.७३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १९६.४४ अंक बढेर ४०१६.१७ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC)।

यस साता सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ ७० पैसा बढेको छ। गत साता २७६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षणमा

यस साता कम्पनीको शेयरमूल्य ३१० देखि ३२० को प्रतिरोध परीक्षणमा रहेको छ। कम्पनीको शेयरमूल्यले अघिल्लो साता पनि सो क्षेत्र परीक्षण गरेको थियो। यद्यपि, सो क्षेत्र तोडेर उकालो लाग्न भने सकेन र टेवा क्षेत्रसम्म झर्यो। आगामी साता कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा नयाँ ५२ हप्ताको उच्च मूल्य बन्नेछ भने ३५० देखि ३६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, ओरालो लागेमा भने २६५ देखि २८० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको छ। यस साता साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले लामो पुच्छर र छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। त्यस्तै, साताका अन्तिम तीन कारोबार दिन कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिनमा कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम भने कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा १२ लाख ३६ हजार ४५८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १४ लाख ३४ हजार कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.८० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरिन थालेको छ भने हिस्टोग्रामको उचाई पनि घट्दो क्रममा रहेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्नेछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनमा उक्लिएको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनी २ करोड ५९ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८५.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो मुनाफा ६७ लाख ३५ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५ करोड २३ लाख रुपैयाँबाट बढेर ११ करोड १२ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्मा कम्पनीको सञ्चालन मुनाफा १ करोड ८४ लाख ८६ हजार रुपैयाँबाट बढेर ४ करोड ६ लाख ५ हजार रुपैयाँ पुगेको छ।

२ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ११ पैसा रहेको छ भने बुकभ्यालु ९७ रुपैयाँ ४१ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १४७.१६ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ३.१९ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको २ करोड ४६ लाख ७१ हजार ६२९.१५ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब ६६ करोड ५ लाख ४० हजार ८५१ रुपैयाँ ८ पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २१७ रुपैयाँ ८० पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३२८ रुपैयाँ ७० पैसा रहेको छ भने न्यून मूल्य १७८ रुपैयाँ ६० पैसा रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ५ लाख ७८ हजार १६७ कित्ता शेयर बिक्री गरी ८ लाख ५४ हजार ९३१ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ७७ ले यस साता कम्पनीको ६ लाख ७५ हजार ७३४ कित्ता शेयर खरिद गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।