गत साता कम्पनीको शेयरमूल्य १२ रुपैयाँ १० पैसा घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ३६५ रुपैयाँ ९० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३५३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
‘कन्सोलिडेसन’ को अवस्था
मार्च महिनादेखि यता कम्पनीको शेयरमूल्य थप माथि जान सकेको छैन। कम्पनीको मूल्य माथि ४०० देखि ४३० र तल ३३५ देखि ३५० को एउटा रेञ्जभित्र तल–माथि गरिरहेको छ। यसलाई प्राविधिक भाषामा बजार ‘साइडवेज’ वा ‘कन्सोलिडेसन’ मा गएको भनिन्छ।
टेवा र प्रतिरोध
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य टेवा क्षेत्रभन्दा केही माथि बन्द भएको छ। हाल कम्पनीको टेवा क्षेत्र ३३५ देखि ३५० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा ४०० देखि ४३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

एआई सिग्नल
मेरोलगानी चार्टले हालसम्म कम्पनीको शेयरमा ७ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ६ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

कमजोर भोल्यूम
फेब्रुअरी महिनामा शेयरमूल्य बढ्दा भोल्यूम पनि निकै उच्च थियो। तर अहिले मूल्य घट्दा वा साइडवेजमा रहँदा भोल्यूम पनि कम भएको छ। गत साता कम्पनीको दैनिक औषतमा २ लाख ३९ हजार ४३ कित्ता शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ३ लाख ८५ हजार ४४१ कित्ता छ। मूल्य घट्दा भोल्यूम पनि घट्नुलाई प्राविधिक रुपमा राम्रो मानिन्छ।

बियरिश प्रवृत्ति
गत साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेका छन्। यसले सो साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाइ घटेको छ।

बिक्रीचाप बढी
स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
१. नाफा र आम्दानीको वृद्धि
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ८३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै, कम्पनीको कुल विद्युत बिक्री आम्दानी पनि गत वर्षको १३ करोड ७ लाख २८ हजार रुपैयाँबाट बढेर १७ करोड २४ लाख ८० हजार रुपैयाँ पुगेको छ।
२. वित्तीय परिसूचक र लागत
आम्दानी बढे पनि खर्चमा केही वृद्धि भएको विवरणले देखाउँछ।
कम्पनीको सञ्चालन मुनाफा ८ करोड ५१ लाख रुपैयाँ छ। जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४७ लाख रुपैयाँ थियो।
कम्पनीले आफ्नो दीर्घकालीन ऋण भुक्तानी गर्दै लगेकाले ब्याज खर्च गत वर्षको ६ करोड १० लाख रुपैयाँबाट घटाएर ४ करोड ६७ लाख रुपैयाँमा सीमित गर्न सफल भएको छ, जसले खुद नाफा बढाउन मद्दत गरेको हो।

३. प्रमुख वित्तीय सूचकहरू

जलविद्युत आयोजनाहरूका लागि हिउँदको समय (तेस्रो त्रैमास) पानीको बहाव कम हुने हुनाले उत्पादनका हिसाबले चुनौतीपूर्ण मानिन्छ। तर, आँखु खोला जलविद्युतले वित्तीय लागत (ब्याज खर्च) मा गरेको कटौती र महसुल समायोजनका कारण आफ्नो नाफालाई सुरक्षित राख्न सफल भएको छ। यद्यपि, कम्पनीको प्रतिशेयर नेटवर्थ अझै पनि अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल (९२ रुपैयाँ) रहनु र मूल्य आम्दानी अनुपात निकै उच्च देखिनुले लगानीकर्ताहरूले आगामी त्रैमासको उत्पादन क्षमतालाई ध्यानपूर्वक हेर्नुपर्ने देखिन्छ।
आधारभूत अवस्था
हाल नेप्सेमा कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत छ। गत शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता ३५३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब ७० करो ६० लाख रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४३१ रुपैयाँ ८० पैसा रहेको छ भने न्यून मूल्य १७२ रुपैयाँ ९० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३०२ रुपैयाँ २४ पैसा रहेको छ।

ब्रोकर ६४ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा ब्रोकर नम्बर ५८ रहेको छ। ६४ ले यस साता ८२ हजार २३१ कित्ता खरिद गरेको छ भने ५८ ले ९४ हजार ७७९ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ५८ ले साढे ७९ हजार कित्ताभन्दा बढी खरिद पनि गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा रहेको छ। यस महिना अघि यो ग्रीड जोनमा छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा घटेको संकेत गर्दछ।

(यस समाचारको प्राविधक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)