सुनको मूल्य रेकर्ड नजिक, चाँदी सवार्धिक उचाईमा स्थिर

Jun 15, 2025 10:36 AM Merolagani



असार १ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य बढेर झन् रेकर्डस्तर नजिक पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको हो । हालसम्म छापावाल सुनको उच्च मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ रहेकाे छ ।

यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा नै स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतिताेला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ  ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।