सुन र चाँदीको मूल्य स्थिर

Jun 16, 2025 10:38 AM Merolagani



असार २ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी मूल्य स्थिर छ । यस दिन सुन र चाँदी दुबैको मूल्यमा घट्बढ नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।

यस दिन पनि चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर यस दिन चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।