मध्य असारमा बैंक चल्नुको संकेत के होला ?

Jun 29, 2025 05:28 PM Merolagani



निरन्तर सुस्ताएको बजार विस्तारै चलायमान हुन सुरु गरेको छ । निरन्तर घटेर २६ सयको विन्दु भन्दा तल्लो विन्दुमा झरिसकेको बजार आइतबार बौरिने कोसिस गरेको छ ।

आइतबारको बजार २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ भने ७ अर्ब १२ करोड बढीको शेयर खरिदबिक्री भएको छ । आइतबारको बजारमा देखिएको चहलपहलले बजारले राम्रो आधार निमार्ण गरेको लगानीकर्ताहरुको बुझाई छ । सधै सुस्ताउने बैंक तथा वित्तीय संस्थाले आज नेप्सेको नेतृत्व गरेको छ । बाणिज्य बैंक समूह २ प्रतिशतको वृद्धि हुँदा विकास बैंक र लघुवित्त समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।

सूचक निरन्तर घटेको अवस्थामा बैंक बढ्नुले बजारको आधार राम्रो तयार पार्ने बुझाई लगानीकर्तामा छ । निरन्तर घटेको अवस्थामा बलिया र ठूलो पूँजीका कम्पनीको बढाइ सकारात्मक रहेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिक आउदै गर्दा बैंक तथा वित्तीय संस्थामा चमक देखिएको हो । 




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।