सोमबार बजार सामान्य सकारात्मक भएको छ । बजार २.८० अंकले बढेर २६५८.६६ विन्दुमा छ भने १३ अर्ब १८ करोड बढीको शेयर खरिदबिक्री भएको छ । नेप्से सूचक खासै उतारचढाव नभएता पनि कारोबार रकमको भने साथ पाएको देखिन्छ । पछिल्ला कारोबार दिनमा कारोबार रकम विस्तारै वृद्धि भएको हो । सोमबार आएको कारोबार रकम तीन महिना यताकै धेरै हो ।
बजारमा समूहगत रणनीतिमा लगानी हुन सुरु भएको छ । लगानीकर्ताहरु एक पछि अर्को समूह सिफ्ट हुँदै कारोबार गरेका हुन । हाइड्रोपावरमा उत्साह थियो । आजको बजारमा हाइड्रोपावर समूह करेक्सन भएर होटेल तथा पर्यटन समूहमा आकषर्ण बढेको छ । लगानीकर्ताले यसरी समूहगत रणनीतिमा कारोबार गर्दा बजारको पैसा बजारमा रहने वातावरण सिर्जना भएको लगानीकर्ताहरुको बुझाई छ । अबको रणनीतिमा लगानीकर्ताहरु बढ्न बाँकी रहेको समूहमा ध्यान पुर्याउन पर्नेमा जानकारहरुको सुझाव रहेको छ ।