इरानमा सैन्य अभियान जारी राख्छौँः इजरायल

Jun 18, 2025 11:24 AM Merolagani



इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण शुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ संकल्पित रहेको इजरायलको भनाइ छ ।

इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बतउनु भयो । डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मंगलवारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेका थिए ।

 

जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट शुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तिमा २ सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।