उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गरेपछि मेयर बालेन साहले पनि राहतको महसुस गरेका छन् । पाण्डेलाई बालेनले नै निमित्त प्रहरी प्रहरी प्रमुख नियुक्त गरेका थिए । पाण्डेले अरु जनप्रतिनिधिको मानमर्दन गर्दै मेयर बालेनको आदेश मात्रै पालन गर्ने गरेको आरोप लाग्दै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
