तर, असार २ गते मन्त्री परिषद्को बैठकले प्रधानमन्त्रीसहितका मन्त्रीहरुको विदेश भ्रमणसम्वन्धि जुन निर्णय गर्यो, त्यो भने कुनै ‘ब्रेकिङ न्यूज’ भन्दा कम छैन, सम्भवतः नेपालको इतिहासको लागि ‘रेकर्ड’ नै हो ।
मन्त्री परिषद्को सो बैठकले अलग अलग मितिमा विदेश जान लागेका प्रधानमन्त्री केपी ओलीसहित, परराष्ट्रमन्त्री डा. आरजु राणा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, खेलकूद मन्त्री तेजुलाल चौधरी, स्वास्थ्य मन्त्री प्रदिप पौडेल, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको विदेश भ्रमण स्वीकृत गरेको छ । मन्त्री परिषद्को निर्णय अनुसार प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा असार १६ गते देखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जांदैछन् । यद्धपि मन्त्री परिषद्को निर्णयमा मन्त्री राणाको नाम भने छैन ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागि हुने नेपाली प्रतिनिधि मण्डल गठन गर्ने’ भन्ने मात्र उल्लेख छ । उक्त प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री स्वतः रहने भएकोले उनको नाम उल्लेख नगरिएको बताइएको हो । त्यसबाहेक प्रधानमन्त्रीको भ्रमण टोलीमा अरु केही मन्त्री पनि सहभागि हुने बताइएको छ ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्री दाहाल असार १३ देखि १५ गतेसम्म टर्कीको भ्रमणमा, खेलकुद मन्त्री चौधरी असार ३ देखि ४ गतेसम्म दुवईमा, संचारमन्त्री गुरुङ असार २३ देखि २७ गतेसम्म स्विटजरल्याण्ड र स्वास्थ्यमन्त्री पौडेल असार ९ देखि १३ गतेसम्म थाइल्याण्डमा हुने एक कार्यक्रममा भाग लिन जानेछन् ।
यस्तै अर्थमन्त्री विष्णु पौडेल असार १० देखि १२ गतेसम्म चीन भ्रमणमा जाने यस अघि नै टुंगो लागिसकेको छ ।
मन्त्रीहरु विदेश नजाने भन्ने कुरा हुंदैन, तर देशको अर्थतन्त्र डामाडोल रहेको बेला यसरी मन्त्रीहरु लावालस्कर लाएर विदेश जानु कति उपयुक्त हो ? भन्ने प्रश्न उठन थालेको छ ।