सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Jun 20, 2025 10:39 AM Merolagani



असार ६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।