विगतमा सूचक बढ्ला वा नबढ्लाको अवस्थामा रहेको बजार पछिल्ला दुई करोबार दिनमा दोहोरो अंकले गिरावट भएको छ । बलियो आधार बनाउन नसकेको बजारले असार मसान्त नजिकिदै गर्दा थप दवाव परेको हो । मसान्तकाे प्रभाव सकिएपछि बजारमा थप लगानी गर्ने योजनामा रहेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका हुन ।
सामान्यतया असार मसान्तमा बैंकको साँवा ब्याज भुक्तानीको दबाब पर्ने र कम्पनीहरुलाई वार्षिक वित्तीय सूचक व्यवस्थापन गर्नु पर्ने भएकै कारण यो अवधिमा बजारमा दवाव सिर्जना हुने गरेको लगानीकर्ताहरुको बुझाई छ । त्यसैगरी, राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउँदै छ । यस पटक मौद्रिक नीतिले लचकता अपनाउने अपेक्षा लगानीकर्तामा छ । सोही कारण सहित यो घट्दो मौका पारि केही लगानीकर्ताले शेयर किन्ने विश्वास गरिएको छ ।