‘टेक एण्ड पे’को चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले बाेलाए ऊर्जा व्यवसायीलाई

Jun 23, 2025 11:59 AM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा व्यवसायीलाई छलफलका लागि बोलाएका छन् ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विद्युत् खरिद सम्झौता(पीपीए) गर्दा ‘टेक एण्ड पे’को प्रावधानमा गर्ने नीति लिएसँगै त्यसको चौतर्फी विरोध हुन थालेसँगै प्रधानमन्त्री ओलीले निजी ऊर्जा प्रवर्द्धकहरुसँग छलफल गर्ने जनाइएको छ ।

सोमबार दिउँसोका लागि प्रधानमन्त्रीले ऊर्जा व्यवसायीलाई बोलाएको इप्पानका एक अधिकारीले बताए । ‘आज प्रधानमन्त्रीज्यूले नै छलफल गर्नुपर्नेछ भनेर बेलाउनुभएको छ,’ ती अधिकारीले भने । कुन समय ? कहाँ छलफल हुने भन्ने यकिन नभएको जनाइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले यसअघि पनि बजेटमा ल्याइएको टेक एण्ड पेको प्रावधानले सरकारले लिएको सन् २०३५ भित्र २८ हजार ५०० सय मेगावाट विद्युत् उत्पादन लक्ष्य पूरा हुन नसक्ने र ऊर्जा क्षेत्रमा बैंक तथा व्यवसायीको लगानी समेत डुब्ने स्थिति सिर्जना हुने बताउँदै आएको छ । टेक एण्ड पेको व्यवस्था लागू हुनासाथ निजी क्षेत्रको खर्बौ रुपैयाँ लगानी समेत जोखिम परेको इप्पानका वरिष्ठ महासचिव मोहन डाँगी बताउँछन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुले बजेटमा आएको उक्त व्यवस्थाको सुरुवात देखि नै विरोध गर्दै आएका छन् । ऊर्जा व्यवसायीले मात्र होइन, निर्माण व्यवसायी, सिमेन्ट तथा छड व्यवसायी, विकास समितिका सांसदहरुले समेत बजेटमा ल्याइएको टेक एण्ड पेको व्यवस्था जसरी पनि खारेज हुनुपर्ने अडान लिँदै आएका छन् ।




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।