अहिले धैर्य गर्नेले पछि पछुताउनु पर्दैन !

Jun 23, 2025 05:40 PM Merolagani



विगत लामो समयदेखि बजार साईडवयजमा छ । बजार साईडवयज भएतापनि केही कम्पनीहरुले राम्रो कमाई गर्ने मौका दिएका छन् ।

यो अवधिमा निरन्तर बढेका स्टकहरुमा नाफा सुरक्षित गर्न थाल्दा बजारमा दवाव सिर्जना भएको छ । लगातार ४ कारोबार दिन घटेको बजारले सोमबार सम्हालिने प्रयास  गरेको छ । यसदिन बजार ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा पुगेको छ भने ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ । उक्त कारोबार रकम औषत भन्दा निकै कम हो । यसले पनि लगानीकर्ताहरु बजारमा पर्ख र हेरको अवस्थामा रहेको प्रष्ट संकेत गरेको हो ।

बजार २६ सयको मनोवैज्ञानिक विन्दुमा पुगेर रोकिएको छ । असार मसान्त नजिकिँदै जाँदा लगानीकर्ता केही निष्कृय बनेका छन् । बजारमा मसान्तको प्रभाव पर्न सक्ने आँकलन सहित लगानीकर्ताहरु सुस्ताएका हुन । मसान्तको वरपर संस्थागत लगानीकर्ता म्यूचुअल फण्ड, बिमा तथा लगानी कम्पनीहरुले बजारको नाफा सुरक्षित गरेको देखिन्छ। बढेका स्टकमा नाफा सुरक्षित गर्दै वार्षिक वित्तीय विवरण सुधार उन्मुख बनाउनको लागि पनि केही संस्थागत लगानीकर्ताले यो अवधिमा शेयर बिक्री गरेको अनुमान लगानीकर्ताहरुको छ ।

त्यसैगरी,राष्ट्रिय अन्तराष्ट्रिय रुपमा देखिएको अस्थितरता र युद्धले पनि बजारलाई केही हदसम्म समस्या पारेको हुन सक्ने देखिन्छ ।

 

 




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।