मंगलवार बजेटको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप

Jun 23, 2025 05:05 PM merolagani



सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले बजेट पास गर्नका लागि मंगलवार प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाइ ह्वीप जारी गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौलाले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित हुन र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

दुवै दलका सचेतकले विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पनि निर्देशन ह्विपमार्फत दिएका छन् ।

 




युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

Jun 19, 2025 10:56 AM

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।