यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने ४ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ५.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १० अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब २ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३.२५ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ३२.६८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २४.१६ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटा उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको हो। गत साता ४१२८.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३.३५ अंक बढेर ४१३१.९२ विन्दुमा पुगेको छ।
कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशत घटेको छ। गत साता ६९४४.१६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५५.६४ अंक घटेर ६६८८.५२ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा रिलायबल समृद्धि योजनाको १२ करोड इकाई सूचीकृत भएको छ।

यस साता पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १७.१६ प्रतिशत बढेको छ। गत साता ३७० रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ४३४ रुपैयाँ ८ पैसा रहेको छ। त्यस्तै, यस साता ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। कारोबारमा आएको दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस साता सर्वाधिक १५.५१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नबिल ब्यालेन्स्ड फण्ड ३, समता घरेलु लघुवित्त वित्तीय संस्था, आरबीबी म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल हाइड्रो डेभलोपर्स, एनएमबि ५०, गुराँस लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

