ब्रजेश्वरी इन्डस्ट्रीज भारतको बीआईएस प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी, भारतमा पुनः डायपर निर्यात सुरु

Jun 30, 2025 08:53 AM Merolagani



नेपालको अग्रणी हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रीज प्रा.लि. ले भारतीय मानक ब्यूरो बीआईएसको प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ब्रजेश्वरी इन्डस्ट्रीज यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ।

ब्रजेश्वरी समूहका अध्यक्ष तथा दूरदर्शी उद्यमी एस.पी. ढकालद्वारा २०१९ मा स्थापना गरिएको यस कम्पनीले नेपालमा बेबी हाइजिन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। सुरुवातमा करिब ६० करोड रुपैयाँको लगानीबाट सुरु भएको यस कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ, र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ।

‘न्यानो’ र ‘टेण्डर टच’ ब्रान्डमार्फत ब्रजेश्वरी इन्डस्ट्रीज नेपाली बजारमा विश्वासिलो शिशु डायपर र हाइजिन उत्पादनहरूको रूपमा स्थापित भएकोे छ। कम्पनीले सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको भनेर पनि सम्मान प्राप्त गरिएको छ।

यद्यपि, भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनमा बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो। बीआईएसका कडा मापदण्ड र उच्च अस्वीकृति डर हुँदाहुँदै पनि ब्रजेश्वरीले ती सबै प्रक्रिया छिटो र प्रभावकारी रूपमा पार गरी प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।

“कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसकेपछि हामीले बीआईएस प्रमाणपत्र प्राप्त गरेका छौं भन्ने कुरामा हामी गौरवान्वित छौं। यो हाम्रो कम्पनीका लागि मात्र नभई सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो,” अध्यक्ष ढकालले भनेका छन्।

अब बीआईएस प्रमाणपत्र प्राप्त भएपछि ब्रजेश्वरी इन्डस्ट्रीजले आगामी वर्ष भारतमा आफ्नो निर्यात ५० करोड रुपैयाँभन्दा बढीले वृद्धि गर्ने अपेक्षा गरिएको छ।

कम्पनी रामग्राम, परासीमा अवस्थित रहेकोले भारतीय आयातकर्ताहरूका लागि भौगोलिक रूपमा निकै लाभदायक छ, किनभने यो स्थान उत्तर प्रदेशको प्रमुख सीमा सहर सुनौलीबाट मात्र १२ किलोमिटर टाढा पर्छ। नेपाल–भारत व्यापार सन्धिअनुसार भारत निर्यात गरिने नेपाली डायपरमा कुनै भन्सार लाग्दैन, जसले दुवै पक्षका लागि लागत कम गर्न मद्दत गर्छ।

हाल १०० भन्दा बढी दक्ष जनशक्ति रोजगारीमा संलग्न रहेको कम्पनीले बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने योजना बनाएको छ। साथै, ब्रजेश्वरी इन्डस्ट्रीजले भारतीय कम्पनीहरूलाई सस्तो र गुणस्तरीय ओईएम तथा ठेक्का उत्पादन सेवा प्रदान गर्न समेत स्वागत गरेको छ।

ब्रजेश्वरी इन्डस्ट्रीजले नेपाली गुणस्तरलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित गुणस्तर, नवप्रवर्तन र हाइजिनमा नयाँ स्तर कायम गर्न तत्पर रहेको छ।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।