प्रि ओपन सेसन अपडेटः साढे ७ अंक बढ्यो नेप्से

Jul 02, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २८.९१ अंक बढेर २६६०.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.४९ अंक बढेर २६६७.८९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.७८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ९५ पटकको कारोबारमा १ करोड ११ लाख ८४ हजार ३२५ रुपैयाँ ३० पैसाबराबरको १४ हजार ८४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।