प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

Jun 30, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६४ अंक बढेर २६२७.९३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको ८४ पटकको कारोबारमा ४८ लाख ४९ हजार २७६ रुपैयाँबराबरको ८ हजार ५२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।