ट्रम्पले पावेललाई तुरुन्तै राजिनामा दिन चेतावनी दिएका छन् भने पावेलले पनि हटाएर देखाउन चेतावनी दिएका छन् ।
ट्रम्प र पावेल बीचको लडाई ट्रम्पको पहिलो कार्यकालमै शुरु भएको थियो । ट्रम्पले राष्ट्रपतिको चुनाव जित्नासाथ पावेलले आफूलाई हट्न दवाव दिइने सम्भावना व्यक्त गर्दै तर, ट्रम्पका अगाडि आफू नझुक्ने बताएका थिए । त्यही आशंकाका बीचमा ट्रम्पले अहिले उनलाई पदबाट तुरुन्त राजिनामा दिन दबाब दिएका छन् ।

ट्रम्पले बुधबार पावेललाई “तुरुन्तै राजीनामा” दिन आह्वान गर्नुको साथै अमेरिकी संसदलाई फेडेरल रिजर्भ बैंक माथि अनुसन्धान सुरु गर्न आग्रह गरेका छन् । ट्रम्पले पावेलले राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने गरेको र वैंकिङ क्षेत्रलाई धाराशायी बनाउने गरेको आरोप पनि लगाएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘धेरै ढिला भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ ।’ ट्रम्पले आफ्नै पहिलो कार्यकालमा जेरोम पावेललाई फेडरल रिजर्भका अध्यक्षको नियुक्त गरेका थिए । पछि जो वाईडेनले उनलाई दोहोर्याएर नियुक्ति दिएका थियो । त्यो अनुसार उनको कार्यकाल जनवरी २०२८ सम्म छ ।
ट्रम्प र पावेलबीच खासगरि फेडेरल रिजर्वले तोक्ने गरेको व्याजदरको विषयमा विवाद रहंदै आएको छ । फेडेरल रिजर्भले कायम राखेको ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतको दायरामा सेट गरिएको ब्याजदरको बेन्चमार्कलाई घटाउन ट्रम्पले दवाव दिंदै आएका छन् । उनले केन्द्रिय वैंकले व्याजदर स्थिर राख्दा अमेरिकाको आर्थिक प्रगतिमा अवरोध सृजना भएको दावी गर्दै आइरहेका छन् ।
तर पावेलले भने ट्रम्पले सनकको आधारमा केन्द्रिय वैंकमाथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको भन्दै कुनै पनि हालतमा आफ्ना नीति परिवर्तन नगर्ने अडान लिइरहेका छन् । उनी ट्रम्पले अपनाइरहेको आर्थिक नीतिका कडा आलोचक पनि हुन् ।