कियाको इलेक्ट्रिक फेमिली कार जुलाइ १५ मा लन्च गरिने, मूल्य कति पर्ला

Jul 04, 2025 06:19 PM merolagani



इन्डियाकाे चर्चित ब्राण्ड किया इन्डियाले आफ्ना नयाँ इलेक्ट्रिक फेमिली कार आगामी जुलाइ १५ मा लन्च गर्ने जनाएको छ ।

कम्पनीका अनुसार, सात सिटर क्षमताको इलेक्ट्रिक कारको मूल्यसमेत लन्च कार्यक्रम जानकारी गराइनेछ ।

क्यारेन्स क्लाभिस ईभीको डिजाइन, विशेषता र रेन्जबारे विवरण पहिले नै सार्वजनिक भइसकेको छ । कियाको सो नयाँ इलेक्ट्रिक मोडलले बीवाईडी ईम्याक्स ७, हुन्डाई क्रेटा ईभी र टाटा ह्यारियर ईभीसँग कडा प्रतिस्पर्धा गर्नेछ।

कियाले जारी गरेको टिजर भिडियो अनुसार नयाँ क्यारेन्स क्लाभिस ईभीको डिजाइन हालै लन्च गरिएको यसको आईसीई भेरिएन्टसँग मिल्दोजुल्दो देखिन्छ । कारको अगाडि ट्राएंगुलर एलईडी हेडलाइट, एल आकारको डीआरएल र बीचमा जोडिने एलईडी लाइट बार दिइएको छ। यद्यपि आईसीई मोडलको तुलनामा केही बाह्य र आन्तरिक डिजाइन परिमार्जन गरिएको छ ।

क्यारेन्स क्लाभिसको इन्टेरियरमा ड्युअल टोन ड्यासबोर्ड, सिट अपहोल्स्ट्री, ड्युअल स्क्रिन, टु स्पोक स्टेयरिङ ह्विल, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ प्याड, रूफ माउन्ट गरिएको रियर एसी भेन्ट, प्यानोरामिक सनरुफका साथै भी२एल र भी२भी प्रविधि पनि उपलब्ध हुनेछ ।

 

यद्यपि कम्पनीले यसको ब्याट्री क्षमताबारे स्पष्ट रूपमा केही खुलाएको छैन, तर उपलब्ध जानकारी अनुसार क्यारेन्स क्लाभिस ईभी दुई फरक ब्याट्री विकल्पमा उपलब्ध हुने अनुमान गरिएको छ। किया इन्डियाले यसको रेन्‍ज ४९० किलोमिटरसम्म हुने दाबी गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।