यस दिन कारोबार रकम भने सामान्य घटेको छ । गत बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । आज २४९ स्टकको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ९ अर्ब ५० करोड रुपैयाँबराबरमा खरिद बिक्री भएको छ ।
यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको शेयरमूल्य यस दिन ६९ रुपैयाँ ४० पैसा बढेर ७६३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, १२ प्रतिशत गुडविल फाइन्स डिवेञ्चरको मूल्य ८.८७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.५८ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर ३७ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यसतै, वित्त उपसमूहको परिसूचक २.४९ प्रतिशतले बढेको हो । बैंकिङ, लगानी, उत्पादन तथा प्रशाेधन, व्यपार समूहको सूचक सकारात्मक छ । यस दिन विकास बैंक, हाईड्रोपावर र जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत भन्दा बढीले घटेको हो।