मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छः पूर्वअर्थमन्त्री पुन

Jul 06, 2025 04:06 PM Merolagani



पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताएका छन् ।

आईतवार सिंहदरबारमा अर्थ समितमा भएको बाफिया विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन्। उनले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताए । उनकाअनुसार त्यतिबेला संयमित हुन नसक्दा अहिलेसम्म समस्या निम्तिएको छ । अब संयमित हुने बेला आएको छ । संसमित भएर त्यस्तो नीति लिनुपर्छ ।

सांसद पुनले भने– ‘खासगरी अर्थतन्त्र चलयामान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो । तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ । बैंकहरुलाई जथाभावी रुपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन । सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ ।’

उनकाअनुसार अर्थतन्त्रमा देखिएका समस्याहरु खाली प्रकट गरेर मात्रै बस्नुहुँदैन । समाधानतर्फ अघि बढ्नुपर्छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।