नेप्सेमा निरन्तरको वृद्धि, समूहगत रणनीतिमा लगानीकर्ता

Jul 06, 2025 05:46 PM Merolagani



नेप्से पछिल्लाे समय निरन्तर बढेको छ । पछिल्ला ६ कारोबार दिनदेखि बजार निरन्तर बढेको हो । आतबारको बजार २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । यस दिन ९ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

लगानीकर्तामा आत्मविश्वास बढेको देखिएको छ । असार मसान्तको समयमा पनि नेप्सेमा ठूलो दवाव नपरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने मिति नजिकिदै गर्दा बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको छ । मौद्रिक नीति सकारात्मक आउने विश्वास सहित लगानीकर्ताहरु आशावादी भएको पाइन्छ ।

त्यसैगरी, यतिबेला लगानीकर्ताहरु समूहगत रणनीति बनाएर कारोबार गर्दै आएका छन् । विगतमा निरन्तर लगानीकर्ताको आकर्षणको समूह बनेको हाइड्राेपावर भन्दा अरु समूहमा पनि लगानी बढ्न थालेको हो । बैकिङ, बीमा, फाइनान्स हुँदै पुनः अन्य समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।