२१ लाखभन्दा बढीले भरे विकास हाइड्रोपावरको शेयर, २ लाख ९४ हजार २७६ ले मात्रै पाउँछ शेयर

Jul 06, 2025 06:13 PM Merolagani



विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम समयसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझ ५ः०७ बजेसम्ममा २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका छन् । १० कित्ता नीति अनुसार २ लाख ९४ हजार २८६ जनाले मात्रै शेयर पाउँछन् बाँकी लगानीकर्ताको हात खाली हुने अवस्था छ ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले यसअघि ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।