आइपिओ जारी गर्ने तयारीमा रहेकाे सिद्धार्थ केवलकारले खोल्यो तिनकुनेमा कार्यालय

Jul 07, 2025 04:27 PM Merolagani



आइपिओ जारी गर्ने तयारीमा रहेकाे प्रभु ग्रुप्सको सहायक कम्पनी प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित बुटवलको सिद्धार्थ केवलकार लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठामाडौं तिनकुनेमा स्थापना गरेको छ । 

गत भाद्र १९ गते देखि सञ्चालनमा आएको यस केवलकारमा हालसम्म दश महिनाको अवधीमा २७५००० जना भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरुले यात्रा गरिसकेका छन्। यात्रा गर्ने पर्यटकहरुमा स्वदेशी र विदेशी झण्डै समान संख्यामा हुनेगरेका छन्  कम्पनीले निकट भविष्यमा सार्वजनिक शेयर निष्कासन (ipo) जारी गर्ने योजना बनाएको छ । सार्वजनिक शेयर निष्कासन (ipo) गर्न सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवर्द्धन एवं बजारीकरण गर्ने मुख्य उद्देश्यले कम्पनीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको हो । यस कम्पनी अन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाईड भिलेज रिसोर्ट सहित थप तीनवटा कम्पनीहरु सञ्चालनमा आउने तयारीमा रहेका छन्।

भगवान गौतम बुद्धका अनुयायीहरुले अत्यधिक यात्रा गर्ने यो नेपालको पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकार परियोजना हो । यो केवलकार भगवान गौतम बुद्धको कुलगरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको पुरानो भैरवकामना मन्दिरमा जाने गर्दछ । यस केवलकारले प्रति घण्टा ७०० यात्रुहरुलाई यात्रा गराउँदछ । कम्पनीको कार्यालयको शुभारम्भ कम्पनीका सञ्चालक ई. रमेश प्रसाद सापकोटाले वैदिक विधि अनसार पूजा गरि गरेका थिए भने कम्पनीको समुदघाटन विभिन्न शेयरधनी एवं सञ्चालकहरुको उपस्थितिमा प्रभु ग्रुप्सका अध्यक्ष भोज कुमार खड्काले गरेका थिए ।

प्रभु केबलकारको अरु थप दुईवटा केवलकार परियोजनाहरु निर्माणको विभिन्न चरणमा रहेका छन्। जसमा ईच्छाकामना देवी केवलकार परियोजना रु.३५० करोड लगानीको परियोजना हुनेछ भने बाजुरा जिल्लामा अवस्थित बढीमालिका केवलकार परियोजना भने रु.५०० करोडको हुनेछ । उक्त परियोजनाहरुमा विभिन्न पर्यटकीय गतिविधि गर्ने गराउने कम्पनीले लक्ष्य लिएको छ ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।