लामो समयदेखि सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलयमान बनाउने माैद्रिक नीति : सिबिफिन

Jul 13, 2025 03:27 PM merolagani



बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई स्वागत गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सिबिफिनले स्वागत गरेको हो ।

गभर्नरको रुपमा डा. विश्वनाथ पौडेलले पहिलो पटक सार्वजनिक गरेको मौद्रिक नीतिले लामो समयदेखि सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई चलयमान बनाउन खोजेको सिबिफिनले उल्लेख गरेको छ ।

‘लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यामान अवस्थामा निकै चासोपूर्वक प्रतिक्षा गरिएको यस मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको छ भने आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ,’ विज्ञप्ति जारी गर्दै सिबिफिनले भनेको छ ।

सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरुले पुँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको जनाएको छ ।

निष्क्रिय÷खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र सेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिनेसहितका अन्य महत्वपूर्ण सुधारमुखी व्यवस्था मौद्रिक नीतिमा आएका भन्दै सिबिफिनले स्वागत गरेको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।