बाढीपछि केरुङमा अलपत्र पाँच सयभन्दा बढी कन्टेनरलाई जोखिम मोलेरै तातोपानी हुंदै ल्याउने प्रयास

Jul 13, 2025 05:12 PM mero lagani



केही दिन अघिको बाढीले क्षतिग्रस्त भएको रसुवागढी–केरुङ नाका तत्काल संचालनमा आउने अवस्था नभएपछि सरकारले चिनीयाँ भूमी (केरुङ) मा अलपत्र ५ सय भन्दा बढी मालवाहक कण्टेनरलाई तातोपानी नाका हुँदै ल्याउने प्रयास शुरु गरेको छ । 

तर, गत वर्षको बाढीले भत्काएको तातोपानी नाका र उक्त नाका जोड्ने अरनिको राजमार्गलाई पूर्णरुपमा पुनर्निमाण सम्पन्न भैनसकेकोले रसुवा नाकाको विकल्प तातोपानी बन्न सक्नेमा स्वंय सरकारी अधिकारीहरु नै सशंकित छन् । ‘ती कण्टेनरहरु त ढिलो चाँडो आउलान् तर गत वर्षको बाढीले अरनिको राजमार्ग नै क्षतिग्रस्त रहेको र पूर्णरुपमा पुननिर्माणकै क्रममा रहेकोले रसुवागढीको विकल्प बन्ने कुरामा ढुक्क हुने अवस्था छैन’ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका एक सहसचिवले मेरो लगानीसंग भने ।

उनकाअनुसार कतिपय सरकारी अधिकारीहरुले तथ्य नबुझी वा जानाजान तातोपानी नाकापूर्णरुपमा संचालन हुनसक्छ भन्ने जस्तो प्रतिकृया दिइरहेका छन्, जुन गलत हो । यसपालिको मनसुन सुरु हुनासाथ ठाउँठाउँमा पहिरो जाँदा बाह्रबिसे–तातोपानी सडकखण्ड झन्डै एक साता अवरुद्ध हुन पुगेको थियो । अहिले पनि सानो पानी आउंदा पनि सो सडक खण्डमा पहिरो जाने र अवरुद्ध हुने गरेको छ । भूबनोटको हिसाबले असुरक्षित उक्त सडकखण्ड भुइँचालोपछि जीर्ण बनेको थियो भने गत वर्षको बाढीपछि त अस्तव्यस्त नै बनेको छ । त्यस्तो सडकलाई अत्यधिक चापसहित संचालन गर्नु अर्काे दुर्घटनालाई निम्त्याउनु हो । नियमितरुपमा ठूला मालबाहक कण्टेनर चलाउनु त झनै जोखिमपूर्ण हुन्छ ।

भन्सार विभागका अनुसार नेपाल र चीनबिच वार्षिक करिब सबा तीन खर्ब रुपैयाँको व्यापार हुँदै आएको छ । चालू आवको जेठ मसान्तसम्म नेपालमा चीनबाट तीन खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँबराबरको आयात भएको छ भने दुई अर्ब ४८ करोड १७ लाख रुपैयाँबराबरको आयात भएको छ ।

नेपाल र चीनबिच सबैभन्दा बढी आयात निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा रसुवा नाका हुँदै ९१ अर्ब २५ करोड ४८ लाखबराबरको आयात र एक अर्ब ९६ करोड १४ लाखबराबरको निर्यात भएको छ  ।

अर्को नाका तातोपानीबाट भने अहिले आयात भइरहे पनि निर्यात ठप्प छ । चालू आवको ११ महिनामा तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड ३५ लाखबराबरको आयात भएको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।