सुनको मूल्य बढ्यो, चाँदीले गर्याे रेकर्ड ब्रेक

Jul 14, 2025 10:57 AM Merolagani



असार ३० गते, सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीकाे मूल्यले आईतबार कायम उचाईलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।