नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीकाे मूल्यले आईतबार कायम उचाईलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो ।
