विद्युत आपूर्तिमा समस्या देखिएपछि हितेन्द्र देवकाे जिल्ला दाैडाहा सुरु

Jul 28, 2025 02:33 PM Merolagani



अत्याधिक गर्मीका कारण तराइ क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जिल्ला दाैडाहामा निस्किएका छन् । चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न साेमबार पुगेका शाक्य आज नै जनकपुर जाने भएका हुन् ।

उनकाे भोलि (मंगलबार) मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालय प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । शाक्य सरकारले सुख्खाग्रस्त मधेशमा बोरिङ गाँड्ने घोषणा गरेपछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न तराई दाैडाहामा लागेकाे प्राधिकरणकाे भनाइ छ ।




यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM

मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।