दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

Aug 04, 2025 08:46 PM merolagani



उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज न्यायाधीयशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

 "निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईंबाट रु. २५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला," आदेशमा भनिएको छ ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।