कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९१.३५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आमदानी १२.६० प्रतिशत र कुल नाफा ३३.९६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा १९१.३५ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ६ पैसा बढेर ११ रुपैयाँ ३४ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ थियो भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।
३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४१ करोड २४ लाख रुपैयाँ सञ्चित छ।
