विद्युत बिक्रीमार्फत सानिमा मिडिल तमोरले कमायो करिब २ अर्ब रुपैयाँ, नाफा कति?

Aug 14, 2025 04:33 AM Merolagani



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब २ अर्ब विद्युत बिक्री आम्दानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ।

३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।