छ्याङ्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

Aug 14, 2025 04:44 AM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ८ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।