Sun, Aug 17, 2025
दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिनभित्र पेस गर्नुपर्नेछ । योग्यतामा प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।
वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।