ट्रेड टावरको आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Aug 15, 2025 09:15 AM Merolagani



ट्रेड टावर लिमिटेड (TTL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६९.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १ करोड ७५ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानी उल्लेख्य बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९९.३९ प्रतिशत घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल खर्च र वित्तीय खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२२.९१ प्रतिशत बढेको छ भने वित्तीय खर्च १९३.४४ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर २ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ।

८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ८३ लाख रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।