नाफासँगै उल्लेख्य बढ्यो मुक्तिनाथ कृषि कम्पनीको प्रतिशेयर आम्दानी

Aug 13, 2025 09:43 AM Merolagani



मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आमदानी ८.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी ४७.२१ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।