हिमालयन रि इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी सामान्य बढ्यो

Aug 16, 2025 11:20 AM Merolagani



हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १७.४५ प्रतिशत कुल आम्दानी १७.०६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ३०.७६ प्रतिशत बढेको छ भने कुल खर्च १९.१२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ पैसा बढेर १२ रुपैयाँ ७९ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा रहेको छ।

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १९ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।