आइपीओ परेको शेयर लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा शेयर रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि भएर आइपीओ नपरेको खातामा समेत शेयर जम्मा भएपछि सीडीएससीले उक्त त्रुटि सच्याउने प्रयोजनको लागि भदौ २ गते जम्मा भएको हिमस्टारको शेयर रोक्का राखेको जनाएको छ ।
