३ हजारको विन्दुमाथि पुगेको नेप्से परिसूचक अहिले २७७६ दशमलब ९० विन्दुमा बन्द भएको छ। नेप्से पछिल्लो झराइमा इन्ट्रा डेमा २७ सय ५५ विन्दुसम्म आइपुगेको छ। पछिल्लो स्वीङ हाईबाट नेप्से परिसूचक झन्डै साढे ७ प्रतिशतले घटेको छ। नेप्से साढे ७ प्रतिशतले घट्दा सबैभन्दा बढी विकास बैंक समूह १० दशमलब ३२ प्रतिशत, माइक्रोफाइनान्स समूह ८ दशमलब ९६ प्रतिशत, फाइनान्स
समूह ८ दशमलब ५८ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह ८ दशमलब २२ प्रतिशत, नन लाइफ इन्स्योरेन्स समूह ८ दशमलब १६ प्रतिशत, इन्भेष्टमेन्ट समूह ७ दशमलब ६९ प्रतिशत, बैकिङ समूह ७ दशलब ५६ प्रतिशत, हाइड्रोपावर समूह ७ दशमलब ४५ प्रतिशत, ट्रेडिङ समूह ६ दशलमब ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ६ दशमलब ८० प्रतिशत, अन्य समूह ५ दशलब ०६ प्रतिशत तथा होटल समूह सबैभन्दा कम ४ दशमलब ८६ प्रतिशतले घटेको छ। नेप्से परिसूचक साढे ७ प्रतिशत तथा उपसमूहहरु ४ दशमलब ८६ देखि १० दशमलब ३२ प्रतिशतसम्म घट्दा कम्पनीहरु भने २० प्रतिशतसम्म घटेको तथ्यांकमा देखिएको छ।
मेरो लगानीले अत्यधिक घटेको २० कम्पनीको सूची तयार पार्दा सबैभन्दा धेरै माइक्रोफाइनान्स कम्पनी १० वटा, हाइड्रोपावर कम्पनी ६ वटा, विकास बैंक समूहका कम्पनी २ वटा, बैंक र जीवन बीमा समूहको कम्पनी १–१ वटा परेको छ।
नेप्से ३ हजार टेकेर झरेपछि सबैभन्दा दुर्त गतिमा मूल्य झर्ने कम्पनीको पहिलो नम्बरमा सुपर माडी हाइड्रोपावर परेको छ। नेप्से ३ हजार हुँदा १२ सय २ मा कारोबार भएको कम्पनी मंगलबार भने ९ सय ४४ रुपैयाँमा कारोबार भयो। यो अवधिमा कम्पनीको शेयर मूल्य करिब साढे २१ प्रतिशतले घटेको छ। समता घरेलु लघुवित्त धेरै मूल्य झर्ने सूचीको दोस्रो नम्बरमा परेको छ। कम्पनी पछिल्लो नेप्सेको स्वीङ हाइमा ११ सय ४८ रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९ सय २४ रुपैयाँमा कारोबार जुन साढे १९ प्रतिशतको गिरावट हो।
त्यस्तै आरएसडीसी लघुवित्त ८ सय ४६ रुपैयाँमा कारोबार भएकामो अहिले १८ दशमलब २८ प्रतिशतले घटेर अहिले ६ सय ९१ रुपैयाँमा कारोबार भइरहेको छ।
लुम्बिनी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र नाडेप लघुवित्तको शेयर मूल्य १५ प्रतिशतको हाराहारीमा घटेको छ। स्वरोजगार लघुवित्त, ज्योति विकास बैंक, विजय लघुवित्त, स्वेतगंगा हाइड्रोपावर, लक्ष्मी लघुवित्त, नेपाल बैंक, अभियान लघुवित्त र सयपत्री हाइड्रोपावर १४ प्रतिशतको हाराहारीमा शेयर मूल्य घटेको छ भने एनआइसी एसिया लघुविरुत्त, नेरुडे मिर्मिरे लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, ग्रिन डेभलपमेन्ट बैंक, ग्रिन भेन्चर र ग्रामीण विकास लघुवित्त १३ प्रतिशतको हाराहारीमा घटेको छ।
पछिल्लो समय ३ हजार चुमेको नेप्से २ सय २५ अंक गुमाएर २८ सय माथि आउन संघर्ष गरिहेको छ। आधारभूत रुपमा हेर्दा बैकिङ प्रणालीमा अहिले तरलता प्रशस्त छ। नेपाल राष्ट्र बैंकले हरेक हप्ता रिभर्स रिपो गरेर प्रणालीको अत्यधिक तरलता खिचिरहेको छ। व्याज दर ऐतिहासिक न्यून विन्दुमा छ। पछिल्लो तथ्यांक अनुसार बैंकहरुको औसत बेस रेट नै ६ प्रतिशतभन्दा मुनि झरिसकेको छ। साधारणतया ऋणको व्याज दर अत्यन्तै न्यून हुँदा शेयर बजार बढ्नुपर्ने भए पनि बढ्न सकेको छैन। लगानीकर्ताहरुका अनुसार बैकिङ प्रणालीमा अत्यधिक तरलता भए पनि त्यो पैसा शेयर बजारमा पर्याप्त मात्रामा आउन सकेको छैन। लगानीकर्ता महेश रिजालले शेयरको दोस्रो बजारमा पैसा भित्रिनु भन्दा बजारबाट पैसा बाहिरिने क्रम बढेको बताउँछन्। नयाँ आइपीओ, नयाँ हकप्रद तथा पछिल्लो समय प्रि आइपीओ भनेर पनि शेयर बजारबाट पैसा बाहिरिएको उनले दाबी गरे। खुद्रे लगानीकर्ता धेरै हुनु तथा संस्थागत लगानीकर्ताको उपस्थिति एकदमै न्यून हुँदा पछिल्लो समय थपिएको शेयरको आपूर्तिलाई बजारले थेग्नै नसकेको उनले बताए।
पछिल्लो समय लगानीकर्ताले विभिन्न रणनीति बनाएर शेयर बजारमा लगानी गर्न थालेका छन्। जहिले आधारभूत रुपमा बलिया कम्पनी मात्रै भनेर बस्ने लगानीकर्ता पातलिँदै गएका छन् भने प्राविधिक विश्लेषणका विभिन्न पाटाहरुलाई केलाएर लगानी गर्ने स्मार्ट लगानीकर्ताको बाक्लिँदै गएका छन्। २७ सय ५५ को इन्ट्रा डे लो टेकेर स्थिर हुन खोजेको बजारमा केही लगानीकर्ताले भने छोटो समयमा एकदमै धेरै घटेका कम्पनीहरुमा पनि आँखा लगाउने गर्दछन्। त्यस्ता लगानीकर्ताको लागि यो सूची महत्वपूर्ण हुन सक्छ।