यस कार्यक्रम अन्तर्गत नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका साथै आम जनतालाई लक्षित गर्दै नेप्सेसँग सम्बन्धित पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने छ। कार्यक्रम निःशुल्क हुने छ।
‘भिजिट नेप्से कार्यक्रम’ मा सहभागी हुन चाहने शिक्षण संस्थाले पहिले नै नाम, ठेगाना तथा विद्यार्थी सङ्ख्या सहित कार्यालयमा सम्पर्क गर्न भनिएकाे छ।

दोस्रो बजारका बारेमा आम सर्वसाधारणले जानकारी पाउँदा कारोबारमा सहयोग पुग्नुको साथै अन्तरक्रिया मार्फत चेतना अभिबृद्धि हुने नेप्सेको अपेक्षा छ।
