कुल रकम मध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।