७६ वर्ष पुरा गरेर ७७ वर्षमा हिडिरहेका उनको नाममा विश्वमा सबैभन्दा धेरै समयसम्म केन्द्रिय बैंकको गभर्नर हुने व्यक्ति, सबैभन्दा वृद्ध उमेरको गभर्नर र गभर्नर हुँदा हुँदै प्रधानमन्त्री भएर फेरि अविछिन्नरुपमा गभर्नर हुने गरि ३ वटा विश्व रेकर्ड छन् । जो जीवनको आधाभन्दा धेरै समयदेखि गभर्नर पदमै कार्यरत छन् ।

युरोपेली मुलुक रोमानियाको केन्द्रिय बैंक ‘नेशनल बैंक अफ रोमानिया’का गभर्नर इसारेस्कुको जन्म १९४९ अगस्ट १ तारिखमा भएको थियो ।
रोमानियाको केन्द्रिय बैंक पद उनी सेप्टेम्बर १९९० देखि धारण गर्दै आएका छन्, एक वर्षको अवधि (२२ डिसेम्बर १९९९ देखि २८ डिसेम्बर २०००) बाहेक, जुन अवधिमा उनले रोमानियाको प्रधानमन्त्रीको रूपमा सेवा गरे। यसको अतिरिक्त, उनी रोमानियाली एकेडेमीका सदस्य पनि हुन्।
बुखारेस्टको एकेडेमी अफ इकोनोमिक स्टडीजमा अन्तर्राष्ट्रिय व्यापारको अध्ययन गरेका इसारेस्कुले पढाई पुरा गरेपछि केही समय अध्यापन गरे ।
१९८९ को रोमानियाली क्रान्ति पछि, फेब्रुअरी १९९० मा, उनले विदेश मन्त्रालयमा काम गर्न थाले । सेप्टेम्बर १९९० मा उनलाई रोमानियाली सरकारले गभर्नर नियुक्त गर्यो, त्यसयता बीचको एक वर्ष प्रधानमन्त्री भएको बेलामा बाहेक उनी निरन्तर गभर्नर छन् । पछिल्लो पटक सन् २०२४ मा ५ वर्षको गभर्नरमा पुर्ननियुक्त भएका उनको कार्यकाल सन् २०२९ सम्म छ । त्यतिबेला उनको उमेर ८० कट्ने छ भने गभर्नर पद सम्हालेको ४० वर्ष पुरा हुनेछ ।
रमाइलो के छ भने सन् २००९ मै गिनिज बुक अफ वल्र्ड रेकर्डले १९ वर्षदेखि गभर्नर भएको र सबैभन्दा लामो समय गभर्नर हुने व्यक्ति भन्दै उनलाई सम्मान गरेको थियो । त्यस यता नै झण्डै १६ वर्ष वितिसकेको छ र उनी लगातार गभर्नर छन् ।
गत वर्ष उनलाई फेरि गभर्नर नियुक्त गर्दा सरकारले रोमानियाको अर्थतन्त्रलाई बुल्गेरियन प्रकारको पतनबाट बचाउन, राष्ट्रिय सुन तथा मुद्रा संचितिमा उल्लेख्य योगदान दिएको, मुद्रास्फीतिलाई एकल अंकबाट बढ्न नदिएको लगायतका कारणहरु दिएको थियो ।
उनी डिसेम्बर १९९९ देखि २००० नोभेम्बर सम्म प्रधानमन्त्री भएका थिए । उनले शुरुमा प्रधानमन्त्री अस्विकार गरेको तर तत्कालीन राष्ट्रपति एमिल कन्स्टान्टिनेस्कुले प्रधानमन्त्रीबाट हटेपछि फेरि गभर्नर नै बनाउने प्रतिवद्धता जनाएपछि बल्ल प्रधानमन्त्री बनेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनकै प्रधानमन्त्रीत्वकालमा रोमानिया युरोपियन युनियनको सदस्य भएको थियो ।