कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सम्पन्न, ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

Aug 21, 2025 04:57 PM merolagani



सामसङले बिहीबार आफ्नो सामाजिक उत्तरदायित्व कोष(सीएसआर) को पहलमा सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सम्पन्न गरेका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

सामसङले एक कार्यक्रम गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक अर्याल, पुर्विय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हाे ।

सो अवसरमा सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्त मणि कायस्थले कोडिङ र प्रोग्रामिङको तेस्रो व्याच सफलता पूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डाटा र एलओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौं।”

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई कोडिङ र प्रोग्रामिङमा तालिम दिइ एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रो. डा. सुशील बी. बज्राचार्यले भने, “नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं।”