लाभांश क्षमता भएका कम्पनीले बजार बढाउँदै !

Aug 21, 2025 07:03 PM Merolagani



शेयर बजार सुस्ताएको छ । पछिल्लो समय बजारमा ठूलो अंकको उतारचढाब भएको छैन् । नेप्से परिसूचक साईडवयजमा रहेको छ ।

बिहीवारको बजार ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ । यस दिन ५ अर्ब २ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । समग्र माहोल सकारात्मक बनेको छ । तर बजारले त्यो सकारात्मकतालाई प्रतिकृय जनाउन सकिरहेको छैन् । कारोबार रकम घटेको छ । बजार बढ्ने हो भन्नेमा धेरै ढुक्क छन् । तर बजारले गति लिनको लागि कति समय खर्चने छ भन्ने कुराको यकिन गर्न नसक्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

सामान्य रुपमा हेर्दा बजार सुस्ताएकाे देखिन्छ । तर यो नेप्सेमा भएको सुस्ततामा ठूला लगानीकर्ताले राम्रो र लाभांश क्षमता भएका कम्पनीमा लगानी बढाइरहेको लगानीकर्ता राधाकृष्ण गिरीले बताए । कमजोर कम्पनीमा लगानी गर्नेको लगानी जोखिममा छ । कम्पनीहरुको वित्तीय अवस्था सुधारात्मक छ । अबको बुलको नेतृत्व प्रतिफल क्षमता राम्रा भएका कम्पनीले लिने गिरीको भनाइ छ ।