पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM mero lagani



नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।

कार्यक्रममा सहभागी भएका अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री शर्माको नाच देखेर आफूलाई आश्चर्य लगाएको बताएका थिए ।

सिस्नुपानी नेपालले हिजो कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा शर्माले पश्चिम नेपालका पहाडी जिल्लामा नाचिने मयुर नाच देखाएका थिए ।

रुकुम पश्चिमका स्थायी बासिन्दा पूर्वमन्त्री शर्माले ‘त्रिशुली बगेर मस्याङ्दीमा झरेछ’ गीतमा मयुर नृत्य गरेका थिए । स्थानीय पाेशाकमा प्रस्तुत भएका थिए । सेतो धोती, कालो स्टकोट, ढाका टोपी, मयुर प्वाँखको झेम्टासहित स्थानीय पोशाकमा नाचेका शर्माको आकर्षक नृत्यले कार्यक्रमका अन्य प्रस्तुतिहरुलाई समेत ओझेलमा पारेको थियो ।