दुई वर्षभित्र एमजी साइबर X इलेक्ट्रिक एसयुभीका रूपमा उदाउने

Sep 06, 2025 11:00 AM merolagani



एमजी मोटरको साइबर X आगामी दुई वर्षभित्र इलेक्ट्रिक एसयुभीमा परिणत हुने भएको छ ।

यो एसयुभी पहिलोपटक शांघाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा देखाइएको थियो । यसले एङ्गुलर डिजाइन, व्यवहारिकता र बजेट मैत्री पहुँचलाई समेत ख्याल गर्दै इलेक्ट्रिक एसयुभीका रुपमा स्थापित हुन खोजिरहेको कम्पनीले जनाएको छ ।

एमजी साइबर X मा पाँच ओटा ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ, जसको स्ट्यान्स मर्सिडिज EQB जस्ता प्रिमियम एसयुभीलाई झल्काउनेछ। एमजीको यूके प्रोडक्ट र प्लानिङ बस, डेविड एलिसनले यसलाई “सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी” भनी वर्णन गरेका छन्, जसले शहरी ड्राइभिङका लागि उपयुक्त आकार र हल्का अफ–रोड प्रेरित डिजाइनमा तयार भएको छ।

यो मोडलले कन्सेप्टको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ। कारमा पप–अप हेडलाइटहरूको सट्टा परम्परागत हेडलाइट राखिनेछ र कन्सेप्टका अतिरिक्त सुविधाहरूः जस्तै प्यानोरामिक रूफलाई आकर्षक इन्टिरियरले प्रतिस्थापन गर्नेछ। क्याबिन आधुनिक र मिनिमल शैलीमा तयार हुनेछ, ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र परिवारको लागि पर्याप्त हेडरूम र लेगरूम उपलब्ध हुने कम्पनीको दाबी छ ।

नेपालका लागि विशेष विवरणहरू अझै घोषणा गरिएको छैन, तर साइबर ह् मा एमजीको नयाँ ब्याट्री र मोटर प्रविधिहरू, जसमध्ये सेमी–सोलिड–स्टेट ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ। ब्याट्रीको छनोट र चालकको कुशलता अनुसार अनुमानित रेंज करिब करिब ४८२ सम्म हुनेछ। अधिकांश मोडलमा सिंगल–मोटर फ्रन्ट–व्हील–ड्राइभ लेआउट हुनेछ । गाडीको बढेको हाइट र हल्का अफ–रोड डिजाइनले व्यवहारिकता र शैलीलाई सन्तुलनमा राख्नेछ।

एमजी मोटर्सका अनुसार, विश्वव्यापी प्रारम्भिक मूल्य अनुमान ३० हजार युरो भन्दा कम मूल्यमा एमजीले  साइबर X लाई पहुँचयोग्य इभी विकल्पको रूपमा प्रस्तुत गर्न चाहेको छ। सानो एसयुभी खोजिरहेका आधुनिक इभी प्रविधि र शहरी प्रयोगमा व्यवहारिकता चाहने ग्राहकका लागियो गाडी अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।