सुन र चाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

Sep 07, 2025 10:40 AM Merolagani



भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत साता पनि दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले यस दिन ती रेकर्डहरुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।