सुन र चाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

Sep 07, 2025 10:40 AM Merolagani



भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत साता पनि दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले यस दिन ती रेकर्डहरुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।