सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

Sep 09, 2025 11:22 AM Merolagani



भदौ २४ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन घटेको सुन र चाँदीको दुबैको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी तोलाको २ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।